२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सीपयुक्त आप्रवासी कामदारका लागि स्वदेशमै रोजगारी


बिर्तामोड, कात्तिक ३० । विदेशबाट फर्किएका कामदारहरुलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउन सरोकारवाला संस्थाहरुबीच समन्वय गर्ने उद्देश्यले प्रदेश १ का तीन जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ ।

विदेशमा सिकेको सीप स्वदेशमै उपयोग गरेर आर्थिक उपार्जन गर्ने अनि सम्बन्धित कामदारहरुलाई स्थानीयस्तरमै व्यवस्थापन गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा झापा, मोरङ र सुनसरीमा यसबारे जानकारी दिन अन्तरक्रिया आयोजना गरिएको छ । झापाको चन्द्रगढी, मोरङको विराटनगर र सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रममा आइएलओका प्रतिनिधि, कथा नेपाल संस्थाका प्रतिनिधिलगायतले सहजीकरण गरेका थिए ।

‘वेलकम होम’ कार्यक्रम विदेशबाट फर्किएका कामदारहरूको आर्थिक एकीकरणलाई सहजीकरण गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम हो ।

युरोपेली संघको आर्थिक सहयोगमा ब्रिटिस काउन्सिलद्वारा व्यवस्थित दक्षता–टिभिइटी व्यावहारिक साझेदारीअन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) द्वारा कार्यान्वयन गरिएको परियोजना हो ।

यो परियोजना प्रदेश १ का मोरङ, सुनसरी र झापा जिल्लामा सञ्चालन भइरहेको छ । यस परियोजनाले आफ्नो साझेदार संस्थाहरु पौरखी नेपाल, ओरेक नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल महिला उद्यमी महासंघ, नेपाल व्यावसायिक तथा रोजगार महासंघ, तालिम प्रदायक संस्था एक्सन फर डेभलपमेन्ट, मिडिया संस्था ‘कथा नेपाल’ मार्फत् आफ्नो कार्यक्रमहरु सञ्चालन गरेको छ ।

यस परियोजनाले स्थानीय तहलाई जिम्मेवार बनाउँदै वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई समाजमा पुनस्र्थापित गराउनका लागि पब्लिक प्राइभेट डाइलग, तथ्यांक संकलन तथा अभिलेख राख्ने, स्थानीय तहमा पुनःएकीकरणको कमिटी गठन र पुनःएकीकरणको नीति निर्माण, करिअर परामर्श, व्यावसायिक परामर्श, सीपमुलक तालिम, क्यारियर मेलाहरू, रोजगार मेलाहरू, क्षमता विकासजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

परियोजनाले आप्रवासी प्रोफाइल तयार पार्दैछ । उक्त प्रोफाइलमा वैदेशिक रोजगारीको सिलसिलामा काम गरेको मुलुक र कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव पनि विवरणमा रहने जनाइएको छ ।

यसका साथै यो प्रोफाइलमा देशभित्र रोजगारी गर्ने वा स्वरोजगार बन्ने भन्ने सम्बन्धमा रोजगारीबाट फर्किएका व्यक्तिको इच्छा, आवश्यकता, प्राथमिकता, योजनालगायत विवरण पनि प्रोफाइलमा समावेश हुने आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer