२०८२ बैशाख १५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

ओली वंशको साधारणसभामा बन्धुहरुलाई सम्मान


बिर्तामोड, पुस २ । ओली वंश समन्वय समिति झापाले एक कार्यक्रमका बीच विभिन्न क्षेत्रमा योगदान पुर्याउने बन्धुहरुलाई सम्मान गरेको छ ।

आज बिर्तामोडमा आयोजित १३ औँ साधारणसभा तथा गोठधुप कार्यक्रमको अवसर पारेर समितिले ज्येष्ठ नागरिक, विद्यार्थी तथा डाक्टरहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिकतर्फ बिर्तामोड २ का देवीप्रसाद ओली र बिर्तामोड ४ का कमलादेवी ओली रहेका छन् ।
त्यस्तै, विद्यार्थीतर्फ २०७८ सालको एसइइ परीक्षामा ३ दशमलव ७० जिपिए ल्याउने देवी माविका कोमल ओलीलाई पनि सम्मान गरिएको थियो ।

समितिले ओली वंशका कुलपुजारी लयप्रसाद ओली र यामनाथ ओलीलाई पनि सम्मान गरेको थियो । डाक्टरतर्फ रविन्द्र ओली र पदम ओलीलाई साधारणसभाको अवसर पारेर सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष उमेशचन्द्र ओली, महासचिव उमानाथ ओली, केन्द्रीय संरक्षक सरोज ओली, नारायणप्रसाद ओली, केन्द्रीय कोषाध्यक्ष गंगाप्रसाद ओली, अक्षयकोष संयोजक मोहनप्रसाद ओली, केन्द्रीय सल्लाहकार रोम ओलीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

समितिका झापा सचिव राजेन्द्रप्रसाद ओलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत झापा उपाध्यक्ष नीरज ओलीले गरेका थिए । अध्यक्ष भवानीप्रसाद आलीले संस्थाको प्रतिवेदन तथा कोषाध्यक्ष यादवप्रसाद ओलीले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

Adv footer