२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा एउटै पासोमा झुन्डिए प्रेमीप्रेमिका


बिर्तामोड, माघ १० । झापा कचनकवलको एभरेस्ट टि गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली खटाइएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

कचनकवल–४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाएका छन् ।

करिब ३ महिनाअघि दुवैजनाले भागेर विवाह गरेका थिए । केटा पक्षले भागी विवाहलाई स्वीकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुनन्दनले बताए । केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए ।

प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको उनले आरोप लगाए ।

गत साउनमा पनि तीनजना युवतीले सामुहिक रुपमा एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer