२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अधिवक्ता बस्नेतलाई उत्कृष्ट नागरिक सम्मान


बिर्तामोड, माघ १४ । कानुन र सामाजिक क्षेत्रमा क्रियाशील झापा बिर्तामोड –१ की कोपिला खड्का बस्नेतलाई सुरुंगा जेसीजले यस वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ ।

आज जेसीजको १४ औँ पद हस्तान्तरण समारोहको अवसरमा बस्नेतलाई सम्मान गरिएको हो ।

अधिवक्ता तथा समुन्नत नेपालकी संस्थापक बस्नेतलाई न्याय पाउन नसकेका महिला तथा आर्थिक अवस्था कमजोर भएका सयौँ पीडितहरूलाई निःशुल्क वकालत गरेर न्याय दिलाएको र परिवारविहीन र समाज तथा परिवारबाट उपेक्षित महिलाहरूलाई बिर्तामोडस्थित समुन्नत नेपालमा आश्रय दिएर विभिन्न आयमुलक सीप सिकाएको भन्दै वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको हो ।

त्यस्तै, सयौँ महिला, किशोरीहरूलाई आत्मनिर्भर बनाउन तालिम प्रदान गरी विभिन्न हस्तकलाका सामग्रीहरू उत्पादन गराएर देश तथा विदेशमा बिक्री गर्दै आश्रित महिलाहरूलाई आर्थिक आत्मनिर्भर बनाउँदै उनीहरूको भाग्य र भविष्य सुन्दर बनाउन उल्लेखनीय योगदान गरेको भन्दै झापालीहरू मध्येबाट यसपटक वर्ष उत्कृष्ट नागरिक सम्मानद्वारा सामाजिक अभियन्ता बस्नेतलाई सम्मान गरिएको सुरुंगा जेसीज उत्कृष्ट नागरिक छनोट समितिका संयोजक त्रिलोचन उप्रेतीले बताए ।

सामाजिक अभियन्ता बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सांसद लालप्रसाद साँवा, सुरुंगा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने, पूर्वअध्यक्ष शिवकुमार कँडेललगायतले सम्मन गरेका थिए ।

सम्मानित व्यक्तित्व बस्नेतलाई नौमती बाजा, पञ्चकन्या र उपस्थित लब्धप्रतिष्ठित व्यक्तिहरूले एस्कर्टिङ गरेर कार्यक्रम स्थलमा ल्याएका थिए ।

उत्कृष्ट नागरिकको परिचय सुरुंगा जेसीजका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer