बिर्तामोड, माघ १६ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको आजको खेलमा धुलाबारी र दमक लखनपुर विजयी भएका छन् ।
आजको खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबले बिर्तामोड भेट्रान्स फुटबल क्लबलाई टाइब्रेरमा हरायो भने दमक लखनपुर भेट्रान्स फुटबल क्लबले चन्द्रगढीलाई पनि टाइब्रेरमा हरायो ।
दुवै खेलका म्यान अफ द म्याच हुने खेलाडीले नगद एक हजार पाँच सय पाए ।
आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहको छ । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।
प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।
प्रतियोगिताभरिको उत्कृष्ट किप्पर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद दुई हजार १०० पाउने उपाध्यक्ष गणेश सुब्बाले बताए ।