
बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनमा बसेका बिर्तामोडका युवा माधव झालाई छैटौँ दिन प्रशासनले भेटेको छ ।


बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झाको अवस्थाबारे झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले
जानकारी लिएका थिए ।


झाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि पोखरेलले उनको बारे विस्तृत जानकारी लिएका हुन् ।

यसैबीच, बिर्तामोडका सामाजिक संघसंस्थाहरुले आज बिर्तामोडमा झाको समर्थनमा मौन र्याली निकालेका छन् ।

र्यालीलाई चाहना समूह, पूर्वेली युवा क्लब, माडवारी युवा सेवा समिति, युनाइटेड युवा क्लब , रिकोभरी बिर्तामोड, बिटिएम रक्सको साथ रहेको थियो ।

इलामका प्रेमप्रसाद आचार्यले संसद भवनअगाडि आत्मदाह गरेको भोलिपल्टबाट झा आमरण अनसनमा बसेका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध आमरण अनसन बसेको बताए ।
