२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ गीत चर्चामा


बिर्तामोड, फागुन २१ । गायिका तथा मोडल सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ बोलको गीत रिलिज भएको छ ।

भावसागर युट्युव च्यानलमा रिलिज भएलगत्तै नेपाली सांगीतिक बजारमा यो गीतको यतिबेला चर्चा चुलिएको छ ।

बुढानिलकण्ठ, रातो बंगला स्कुल हुँदै कुसोमबाट भर्खरै उत्कृष्ट ग्रेडमा बिबिए सकेर एमबिए अध्यनको लागि उत्कृष्ट विश्वविद्यालयको छनोट गरिरहेकी गायिका श्रेष्ठले यो गीतमा मोडलको समेत भूमिकामा निभाएकी छन् ।

कालो केशमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकी जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडल तथा नायक सञ्जीव थेबेको पनि अभिनय छ ।

भिडियोमा मुलुकको विदेशिने ट्रेन्डले तीन वर्षदेखि विदेशमा रहेको प्रेमी (सञ्जीव थेबे लिम्बू) लाई कुरिरहेकी प्रेमिका (गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ) बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्तै रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा प्रस्तुत गराउन सफल भएका छन् चर्चित निर्देशक राजेशपुमा राई ।

वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा सजिएको ‘तिमी मेरो’ बोलको गीतलाई गायिका सुचिन्दा श्रेष्ठले आफ्नो उमेर समूहलाई लक्षित गर्दै पश्चिम पप जनरामा बनाइएको यो गीतको संगीत चर्चित संगीतकार तथा गायक अमन प्रधानले गरेका हुन् ।

एरेन्ज-मिक्स राहुल प्रधानले गरेका छन् भने गीतको रेकर्डिङ बि माइनर स्टुडियोमा गरिएको हो । भिडियोमा, उत्सव दाहालको क्यामेरा, अस्मिता राईको मेकअप, असिम रानाभाट स्टाइलिस, दिपेन माइकल प्रोडक्सन र विकास दहालले एडिट गरेका छन् ।

ताप्लेजुङको सिरिजंगा-१ सिनाममा जन्म भई हङकङलाई कर्मथलो र उतै बसोबास गर्दै आएका समाजसेवी वसन्त थेबे यो भिडियोको निर्माता हुन् ।

नायक तथा मोडल थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनय मार्फत नेपाली दर्शकस्रोता समक्ष दर्बिलो उपस्थिति जनाइसकेका छन् । उनी कलेजको अध्ययन हङकङमै सकेर हङकङकै होटेलमा सहायक म्यानेजरको पदमा कार्यरत छन् ।

गायन, नृत्य र कलामा बच्चादेखि नै अब्बल सुचिन्दा श्रेष्ठको यसअघि ‘एक चोटि आइदेउन’ बोलको गीत हाइलाइट्स नेपाल युट्युब च्यानलबाट रिलिज भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer