२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गाउँपालिकामा सुत्केरीलाई तीन हजार पोषण भत्ता


बिर्तामोड, फागुन २२ । झापाको झापा गाउँपालिकाले सुत्केरी पोषण भत्तामा बृद्धि गरेको छ ।

सुत्केरी महिलालाई दिइँदै आएको पोषण भत्तामा एक हजार रुपैयाँ बढाएर तीन हजार पुर्याइएको अध्यक्ष जयनारायण शाहले बताए ।

अघिल्लो आर्थिक वर्षमा दुई हजार रुपैयाँ पोषण भत्ता दिने गरेको गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८०मा भने एक हजार बढाएर तीन हजार बनाएको हो ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख गौरब संग्रौलाका अनुसार शिशुको ३५ दिनभित्र जन्मदर्ता गराएमा मात्र सुत्केरी तथा शिशु स्याहार कार्यक्रम अनुसार भत्ता पाइने छन् ।

गाउँपालिकाले सामाजिक घटना दर्तामा गाउँबासीलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याएको संग्रौलाले बताए ।

३५ दिनभित्र जन्मदर्ता गर्ने परिवारलाई बाल पोषणका लागि प्रतिसुत्केरी सहायता तीन हजार रुपैयाँका दरले प्रदान गर्न संघीय सरकारको राजश्व बाँडफाँड शीर्षकबाट १० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

गाउँपालिकाले गाउँबासीको हितमा निरन्तर कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष साहले बताए । साहले गाउँबासीको मृत्यु संस्कारका लागि समेत सहायता रकम १५ हजार रुपैयाँ मृतकका परिवारलाई दिने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer