२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

वक्तृत्वकलामा इस्ट होराइजनका विद्यार्थी प्रथम र दोस्रो


-विनिशा शर्मा
मेचीनगर, फागुन २५ ।
मेचीनगरमा भएको वक्तृत्वकला प्रतियोगितामा धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थी प्रथम र दोस्रो भएका छन् ।

कक्षा १२ मा अध्ययनरत छात्र प्रवेश दाहाल प्रथम र कक्षा ९ की छात्रा श्रेया शिवाकोटी दोस्रो भएका हुन् ।

रोटेरी क्ल्ब अफ मेचीनगरले आयोजना गरेको प्रतियोगितामा धुलावारी माविले तृतीय स्थान हासिल गरेको थियो ।

मेचीनगर उपप्रमुख मिना उप्रेतिको प्रमुख अतिथ्यमा सम्पन्न प्रतियोगितामा मेचीनगरका विभिन्न विद्यालयबाट विद्यार्र्थीहरुले सहभागिता जनाएका थिए ।

इस्ट होराइजनको सभाहलमा सम्पन्न भएको प्रतियोगितामा वक्ताहरुले सकारात्मक सोच सुन्दर परिकल्पना शान्तिपूर्ण समाजका लागि सफल योजना शीर्षकमा आआप्mनो धारणा प्रस्तुत गरेका थिए ।

इस्ट होराइजनका प्रिन्सिपल सञ्जीव राइले स्वागत गरेको कार्यक्रममा रोट्र्याककी शर्मिला पाठक र विद्यार्थीद्वय दीक्षा कटवाल र अन्जु मोक्तानले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer