विनिशा शर्मा
मेचीनगर, फागुन २६ । झापाको मेचीनगर–९, खुट्टीडाँगीका देवीप्रसाद अर्याल १२ दिनयता सम्पर्कविहीन बनेका छन् ।
४७ वर्षीय अर्याल गत फागुन १४ गतेदेखि बेपत्ता बनेको परिवारले जनाएको छ । अर्यालको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।
युवा अवस्थामा मानसिक सन्तुलन गुमाएका अर्याल स्थानीयमाझ परिचित छन् । अर्याललाई फागुन १९ गते मेचीनगर–९ स्थित पानीटेंकीमा स्थानीयले देखेका थिए । सधैँजसो गाउँतिर घुमिहिँड्ने भएकाले स्थानीयले उनी हराएको भन्ने शंका गरेनन् ।
मेचीनगर–९, फारम टोलस्थित बहिनीको घर जान्छु भनेर हिँडेका उनी अहिलेसम्म फेला नपरेको परिवारले जनाएको छ ।
परिवारले उनलाई सबैतिर खोजी गरिसकेको र हालसम्म नभेटिएको प्रहरीले जनाएको छ । उनको परिवारमा वृद्ध बाबुआमा मात्रै छन् ।