२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पुरस्कृत विद्यार्थीलाई इस्ट होराइजनद्वारा अवार्डबाट सम्मान


मेचीनगर, चैत २ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको धुलाबारीको इस्ट होराइजन माविले आफ्ना विद्यार्थीले विभिन्न प्रतियोगिताका अलगअलग विधामा प्राप्त पुरस्कारलाई अवार्ड कार्यक्रमको आयोजना गरेर वितरण गरेको छ ।

विद्यार्थीहरुले नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा प्राप्त गरेको पुरस्कारलाई अवार्ड कार्यक्रम गरेर विद्यालय प्रांगणमा वितरण गरिएको हो ।

विद्यालयले नृत्य, हाजिरीजवाफ, गायन, वत्तृmत्वकला, कविता तथा कथा लेखन, एनसिसी लगायतका विधामा उत्कृष्ट विद्यार्थीलाई अवार्ड प्रदान गरेको शिक्षक विकास ग्वालले जानकारी दिए ।

यर्सबीच, मुरल पेन्टिङ प्रतियोगिताको उपाधि पनि इस्ट होराइजनले जितेको छ । प्रतियोगितामा पञ्चायत मावि पथरी दोस्रो र धुलाबारी मावि तेस्रो भए ।

विद्यालयका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर १० का वडा अध्यक्ष नारायण खनाल, नगर शिक्षा अधिकृत पवित्रा ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयका प्रिन्सिपल सञ्जीव राइले स्वागत गरेको कार्यक्रमको संञ्चालन प्लसटु संयोजक रेखा क्षेत्रीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer