२०८२ साउन ५ सोमबार
Jhapa Today
Adv top

उद्योग वाणिज्य महासंघ कोसीको पाँचौँ प्रदेशसभा सम्पन्न


बिर्तामोड, चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालले चर्को बैंक ब्याजदरका कारण उद्यागी व्यवसायीहरु ठुलो मारमा परेको बताएका छन् ।

महासंघ कोसी प्रदेशको पाँचौँ प्रदेशसभालाई सम्बोधन गर्दै ढकालले देशको आर्थिक विकासको महत्वपूर्ण इन्जिन निजी क्षेत्र वर्तमान अवस्थामा विविध कारण अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको जिकिर गरे । उनले समास्य सुल्झाउन सरकारलाई पटकपटक आग्रह गरिएको बताए ।

सभालाई महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्ष रामचन्द्र संघाई, पूर्ववरिष्ठ उपाध्यक्ष भष्करराज राजकर्णिकार, पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, बग्मती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, केन्द्रीय सदस्यहरु उमेश डालमिया, हेमराज ढकाल, अरुण सुमार्गी, नरेन्द्रकुमार खड्का, नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा महासंघ कोसी प्रदेशका उपाध्यक्ष भीमबहादुर पौडेलले धन्यवाद व्यक्त गरेका थिए भने सदस्य कुमार भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष टिकाराज ढकालले गरेका थिए ।

महासंघको बन्दसत्रले नयाँ कार्यकारिणी समिति चयन गर्ने छ । अध्यक्षका लागि हालका एसोसिएट उपाध्यक्षमा विराटनगरका निर्माण व्यवसायी राजेन्द्र राउतको चर्चा रहेको छ ।

महासंघ कोसी प्रदेशमा महासंघमा ३७ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट सदस्य छन् ।

Adv footer