





बिर्तामोड, चैत १४ । नारी सञ्चार गृहको अध्यक्षमा रेजिना गौतम चयन भएकी चयन भएकी छन् ।


आज बिर्तामोडमा सम्पन्न संस्थाको चौथो अधिवेशनले गौतमलाई दुई बर्से कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।


गृहको उपाध्यक्षमा लीला अनामोल, सचिवमा मायामितु न्यौपाने, सहसचिवमा जोश्ना श्रेष्ठ र कोषाध्यक्षमा स्वास्तिका आचार्य सर्वसम्मत चयन भएका छन् ।


त्यस्तै, सदस्यहरुमा विनिशा शर्मा, टिका पोखरेल, अनुशा चुडाल, दिपा सापकोटा, भारती राई, मिना विश्वकर्मा, इशा प्रधान चयन भएका छन् । थप एकजना सदस्य कार्यसमितिले पछि मनोनयन गर्नेछ ।


यसैबीच, संस्थाको खुला अधिवेशन अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको थियो । सचिव भूमिका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रेजिना गौतमले स्वागत गरेकी थिइन् ।
