२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा १५ हजार ८५८ परीक्षार्थीले एसइइ लेख्दै, तयारी पूरा


-विनिशा शर्मा

बिर्तामोड, चैत १५ । यो शैक्षिकसत्रको माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि झापामा १५ हजार ८५८ परीक्षार्थी सहभागी हुने भएका छन् ।

शुक्रबारबाट हुने एसइइका लागि सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।

इकाइले सबै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याइसकिएको जनाएको छ । परीक्षा बिहान ८ बजेबाट सरु हुनेछ ।

इकाइ प्रमुख राजकुमार विश्वकर्माका अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसइइमा सहभागी हुँदैछन् । इकाइले झापामा ५६ वटा परीक्षाकेन्द्र तोकेको छ ।

परीक्षार्थीलाई तीनवटा धारमा विभाजन गरेर परीक्षामा सामेल गराउन लागिएको विश्वकर्माले झापा टुडेलाई जानकारी दिए । नियमित, प्राविधिक र ग्रेडबृद्धि गरी तीन धारमा विभाजन गरिएको हो ।

नियमिततर्फ १४ हजार ७२६ परीक्षार्थी एसइइमा सहभागी हुनेछन् । जसमध्ये ७ हजार ६७२ छात्रा र ७ हजार ५४ छात्रा रहेका छन् ।

प्राविधिकतर्फ २४६ जना छात्रा र ३५४ छात्रा गरी ५९९ जना परीक्षार्थी सहभागी हुँदैछन् । ग्रेडबृद्धितर्फ ३१३ छात्रा र २२० छात्रा गरी ५३३ विद्यार्थीले परीक्षा दिँदैछन् ।

तीनजना दृष्टिविहीन विद्यार्थी परीक्षामा सामेल हुँदैछन् भने संस्कृत विधातर्फ ४७ जनाले परीक्षा लेख्ने छन् ।

५६ केन्द्रमध्ये दमकको हिमालय मावि परीक्षा केन्द्रमा सबैभन्दा धेरै परीक्षार्थी सामेल हुने विश्वकर्माले बताए । सबैभन्दा थोरै परीक्षार्थी चाहिँ महेन्द्ररत्न मावि कमल २ परीक्षा केन्द्रमा हुने छन् ।

परीक्षा सम्पन्न गर्न ५६ जना केन्द्राध्यक्ष, १०४ जना सहायक केन्द्राध्यक्ष र ७९७ जना परीक्षा निरीक्षक तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer