२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अपांगता भएका ९४ जनालाई १०८ वटा कृत्रिम हात–खुट्टा


मेचीनगर, चैत १५ । ब्रह्माण्ड अपांगता र महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगर २ ले आज कृत्रिम हात–खुट्टाहरु निःशुल्क वितरण गरेको छ ।

एक कार्यक्रमबीच आज बुधबार अपांगता भएका ९४ जनालाई १०८ वटा कृत्रिम हात–खुट्टा वितरण गरिएको अध्यक्ष सचिन निरौलाले बताए ।

त्यसका लागि रुद्र गौरी श्री अम्बिका ओली फाउन्डेसन, ब्रह्माण्ड सहकारी, नारायणी सेवा, हरिहर सत्संग धार्मिक विकास संस्थामा आबद्व विभिन्न समाजसेवीहरुले सहयोग गरेको निरौलाले झापा टुडेलाई बताए ।

भारत राजेस्थानस्थित उदयपुरको नारायणी सेवा संस्थाले सो कृत्रिम हात–खुट्टा तयार पारेर ल्याएको हो । अपांगता भएका व्यक्तिको हात–खुट्टा यसअघि नै नापिएको थियो ।

कृत्रिम हात–खुट्टा पाएपछि उनीहरु दंग परेका थिए । कार्यक्रम मेचीनगर–२ बौद्धमोडमा आयोजना गरिएको थियो । कृत्रिम खुट्टा लगाएका केही अपांगता भएका व्यक्तिहरुले कार्यक्रमस्थलमै फुटबल खेलेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उपसभामुख प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, वडा नम्बर २ का वडाध्यक्ष दिपक बराल, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, भारतको नारायणी संस्थाका अध्यक्ष हरिप्रसाद लद्वा, सचिव इन्दिरा शर्मा, हरिहर सत्संगका सदस्य मुकुन्द नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer