२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारी खानेपानी चुनावमा खस्यो तीन हजार १६३ मत


मेचीनगर, चैत १८ । धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचन सम्पन्न भएको छ ।

धुलाबारीको पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान टाउन हलमा आज सम्पन्न निर्वाचनमा तीन हजार १६३ मत खसेको थियो । कुल चार हजार ९१७ मतदाता रहेकामा एक हजार ७५४ उपभोक्ता भने अनुपस्थित रहे ।

समितिको निर्वाचनमा त्रिपक्षीय भिडन्त भएको छ । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरु एकल तथा गठबन्धन बनाएर चुनावी मैदानमा छन् ।

निर्वाचनमा धनकाजी खत्री दाहाल, रचिन्द्र श्रेष्ठ र सन्तोष राजवंशीको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिका अनुसार मतगणना भोलि आइतबार बिहान ८ बजेदेखि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer