२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

जिल्ला खेलकुद समिति परिसरमा बृक्षारोपण


बिर्तामोड, चैत २३ । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज बृक्षारोपण गरिएको छ ।

अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर बृक्षारोपण गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिकै आयोजनामा राजमार्गबाट समितिको कार्यालयतर्फ जाने बाटोको पश्चिमतर्फ करिब सयवटा अशोक र धुपीका बिरुवा रोपण गरिएको थियो ।

स्वस्थ नागरिक, समृद्ध समाजको परिकल्पना भन्ने नारासहित आयोजित संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि कोसी प्रदेशसभा सदस्य गोपाल तामाङ, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, सचिव टहलदास मैनाली, रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईं, खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, उपाध्यक्ष गंगाा भुर्तेल, प्रवक्ता जगन दुर्वासा कार्की, सदस्य पूर्णिमा सिटौला, कार्यालय सचिव विष्णुकुमार नेम्वाङ, प्रशिक्षक प्रमुख कालु मेचेलगायतले बृक्षारोपण गरेका थिए ।

बृक्षारोपणअघि आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष भण्डारीले दिवसको सन्दर्भमा जानकारी गराएका थिए ।

सन् २०१३ देखि प्रत्येक वर्ष मार्च ६ तारिखका दिन विश्वव्यापी रुपमै अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइँदै आएको छ ।

दुईवटा विश्वयुद्धले विश्वव्यापी पर्यावरण तथा वातावरणमा पारेको प्रभाव कम गर्न सघाउ पुर्याउने उद्देश्यले यो दिवस माउन थालिएको हो ।

Adv footer