बिर्तामोड, चैत २५ । झापाका दुईजना बक्सिङ खेलाडी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
कोसी प्रदेशको प्रतिनिधित्व गर्दै आएका मुक्केबाजहरु सुरेन्द्र राई र त्रिसा जवेगू फाइनल प्रवेश गरेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सुरेन्द्रले पुरुष ५७ केजीमा सुदूरपश्चिमका रामबहादुर थापालाई पन्छाउदै फाइनल भेट पक्का गरे ।
त्यस्तै, महिला ७५ केजीमा कोसीकी त्रिसा जवेगूले गण्डकीकी अस्मिता बस्नेतलाई पन्छाउँदै फाइनलमा पुगिन् ।
कोसी प्रदेशबाट भोजपुरका कोसीका प्रशान्त दाहालले गण्डकी प्रदेशका निशान गुरुङलाई पुरुष ७१ केजीमा पाखा लगाउँदै फाइनलमा स्थान बनाए ।
यसैबीच, पुरुष ५१ केजीमा कोसी प्रदेश पाँचथरका फुङलाङ काम्बाङ रजत पदकमा सीमित भए । उनलाई एपिएफका आश तामाङले हराए ।
महिला ५० केजीमा एपिएफकी सञ्जुमाया थिङसँग हार्दै कोसी झापाकी सुस्मिता श्रेष्ठ पनि रजतमै रोकिइन् ।
फाइनल खेल आज १ बजेदेखि हुनेछ ।