२०८१ पुष ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा धुमधाम मनाइँदै सिरुवा पर्व


बिर्तामोड, बैशाख २ । झापासहित पूर्वी तराईका जिल्लामा सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ ।

झापा, मोरङ सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायत जिल्लामा तीन दिनसम्म सिरुवा पर्व मनान्छ ।

तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाईं र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।

पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर काद सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन छ ।

नयाँ वर्षसँगै सुरु हुने पर्वका अवसरमा आज उनीहरुले काद सिरुवा खेल्दैछन् । माटोको हिलो बनाएर आपसमा सिरुवा पर्वको शुभकामना आदानप्रदान गर्दै हिलो छ्यापा–छ्याप गरेर ‘काद सिरुवा’ खेल्ने गरिन्छ ।

माटो बिना जीवन चल्दैन भन्दै उनीहरुले माटोको सम्मान स्वरुप काद सिरुवा खेल्ने गर्छन् ।

यसअघि सिरुवाको पहिलो दिन हिजो यी समुदायका व्यक्तिले हर्षोल्लाससाथ ‘पानी सिरुवा’ मनाएका थिए । लगातार ३ दिनसम्म मनाइने सिरुवा अन्तर्गत सो समुदायले भोलि रङ सिरुवा खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer