२०८१ मंसिर १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सुरुङ्गामा प्रथम गौरीलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय कराते हुने


बिर्तामोड, बैशाख ३ । झापाको सुरुङ्गामा प्रथम गौरीलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय आमन्त्रित कराते प्रतियोगिता २०८० हुने भएको छ ।

यही बैशाख २२ र २३ गते गौरीलाल श्रेष्ठका परिवारको आयोजना तथा झापा जिल्ला कराते महासंघको संयोजनमा बुद्धचोकस्थित निर्माणाधीन खेल मैदानमा प्रतियोगिता हुने भएको महासंघ झापा अध्यक्ष जगन कार्कीले जानकारी दिए ।

प्रतियोगिता इलुवाबारी डोजोमा हुने डोजो प्रमुख तथा झापा जिल्ला कराते महासंघका सदस्य राजेन्द्र लिम्बूले जानकारी दिए ।

महासंघले रेफ्री सेमिनार साथै विराटनगरमा हुने प्रतियोगिता बारेमा पनि निर्णय गरेको छ । बैठकले कोसी प्रदेश खेलकुद विकास बोर्डमा राष्ट्रिय रेफ्री सेमिनार तथा राष्ट्रिय कराते प्रतियोगिता सञ्चालन गर्नका निम्ति प्रदेश खेलकुद विकास बोर्डमा आर्थिक सहयोगको लागि आग्रह गरेको कार्कीले बताए ।

विराटनगर खुला कराते प्रतियोगितामा यही बैशाख ८ गते अर्जुनधारामा हुने जिल्लास्तरीय कराते प्रतियोगिताबाट छनोट भएका विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीहरुलाई सहभागी गराइने अध्यक्ष कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer