२०८२ असार २१ शनिबार
Jhapa Today
Adv top

भद्रपुरमा युवा फुटबल प्रशिक्षण परियोजनाअन्तर्गत ५३ खेलाडी छानिए


भद्रपुर, बैशाख १७ । ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत मेची रंगशालामा भएको छनोट प्रतियोगिताबाट ५३ जना खेलाडी छानिएका छन् ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष उमेर समूहका २५० जना खेलाडी छनोट प्रतियोगितामा सहभागी थिए ।

फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको अपार सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

उनका अनुसार छनोट भएका खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई तीमध्ये अब्बल २५ जना खेलाडी छनोट गरी उनीहरूलाई नियमित प्रशिक्षण दिइनेछ ।

त्यस्तै, छनोट खेल बैशाख २३ गते १७–१९ उमेर समूहबीच पनि गराइनेछ भने त्यसबाट पनि पहिलो चरणमा ५० देखि ५५ जना र दोस्रो चरणमा २५ खेलाडी छनोट गरी नियमित प्रशिक्षण गराइने ढकालले बताए ।

नगरभित्र कुना–कुनामा रहेका तर अवसर नपाइरहेका युवालाई अवसर प्रदान गर्ने र भद्रपुर झापा गोल्डकपको सशक्त आयोजक टिम तयार गर्ने उद्देश्यले कार्यसमितिको बैठकले नै भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष एवम् वष्ठि फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’को नेतृत्वमा गम्भीर राई, कर्ण लिम्बू, पूर्णमाया सुब्बा, टेकबहादुर गुरुङ, मदन सुब्बा, भरत गुरुङलगायतको प्राविधिक टोलीले छनोट खेलहरुको सहजीकरण गरिरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

Adv footer