२०८२ भदौ ३१ मंगलबार
Jhapa Today
Adv top

बिर्तामोडमा तीनमहिने सौन्दर्य तालिम सुरू


बिर्तामोड, जेठ १ । बिर्तामोडमा तीनमहिने सौन्दर्य (ब्युटिपार्लर) सम्बन्धी निःशुल्क आधारभूत तालिम सुरू भएको छ ।

युवा पुस्ताका महिलाहरूको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

बिर्तामोडस्थित महिलामुक्ति अभियान र युनिक मोडल ब्युटिपार्लरको संयुक्त आयोजनामा सञ्चालन भएको तालिमको एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईंले गरेका थिए ।

महिलामुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, किरात याक्थुङ, चुम्लुङ बिर्तामोडका अध्यक्ष हिमाल कन्दङवा, नेपाल डोरीतान संघकी कोसी प्रदेश उपाध्यक्ष हिमा पौडेल, महिला उद्यमी नेपालकी अध्यक्ष सुष्मा पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

महिला मुक्ति अभियानकी सचिव पूर्णावती लिम्बूले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि धनु कन्दङवाले प्रकाश पारेकी थिइन् । तालिममा झापाका विभिन्न पालिका र इलामका गरी ४० जनाको सहभागिता रहेको छ ।

Adv footer