२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम


भद्रपुर, जेठ ११ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आजदेखि आत्मरक्षा तालिम प्रदान गरिएको हो ।

नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कबर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा आजदेखि सात दिने तालिम दिन थालिएको सामाजिसक विकास शाखा प्रमुख जीवनकला राउतले बताइन् ।

आज बिहान एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख गणेश पोखरेलले तालिमको उद्घाटन गरे । कार्यक्रमकमे उद्घाटन नगर बाल सञ्जालका उपाध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा भएको थियो ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख पोखरेलले किशोरी–युवतीहरुका लागि आवश्यक र उपयोगी आत्मरक्षा सम्बन्धी तालिमले उनीहरुमा आत्मविश्वास बढ्ने बताए । उनले पूरा समय तालिममा सहभागी हुन र आफूले सिकेको ज्ञान आफ्ना नजिकका साथीहरुसँग पनि आदान–प्रदान गर्न आग्रह गरे ।

सामाजिक विकास शाखाकी सञ्जु कोइरालाले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा ७ नम्बर वडाध्यक्ष अभिषेक ढुंगाना, ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा, कार्यपालिकाको सामाजिक विकास समितिकी सदस्य ललिता ठाकुरलगायतले तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

वरिष्ठ कराते प्रशिक्षक शौरभ प्रधान र सेल्फ डिफेन्स कोच सम्झना सारु मगरले आत्मरक्षा तालिम प्रदान गर्ने र अन्य जीवनोपयोगी कक्षाहरु पनि सञ्चालन हुने राउतले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer