बिर्तामोड, जेठ २७ । झापा जिल्ला कबड्डी संघको अध्यक्षमा भूमि पौडेल चयन भएका छन् ।
आज झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको कार्यक्रममा वर्तमान उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरिएको हो ।
त्यस्तै, संघको उपाध्यक्षमा सुटलाल राजवंशी र अमृत मेचे, सचिवमा उत्तम पौडेल, सहसचिवमा विजयकुमार सापकोटा र कोषाध्यक्षमा वर्षा राजवंशी चयन भएका छन् ।
संघको सदस्यहरुमा रतिया रजवंशी, ब्रह्मलाल राजवंशी, करुण पोखरेल, मेनुका राजवंशी, पविन राजवंशी, उत्तमकुमार राजवंशी, होम राजवंशी, मातृका सुवेशी, दिपक नेपाल र फूलमाया राजवंशी चयन भएका छन् ।
संघका केन्द्रीय सचिव रतिया राजवंशीको प्रमुख आतिथ्यतामा भएको नयाँ समिति गठनमा केन्द्रीय सदस्य धीरेन राजवंशी लगायत खेलाडीको उपस्थिति रहेको थियो ।