२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

ओखलढुंगामा हुने मुख्यमन्त्री कप नकआउट फुटबलको तयारी पूरा


ओखलढुंगा, असार ३ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा हुन लागेको कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

पूर्वी पहाडी जिल्ला ओखलढुंगामा हुन लागेको प्रतियोगिता तयारीबारे आज खेल मैदानमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

कार्यक्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेल पर्यटनको प्रबर्द्धन गर्न प्रतियोगिता कोशेढुंगे साबित हुने बताए ।
ओखलढुंगामा ३० वर्षपछि प्रदेशस्तरीय प्रतियोगिता हुने भएकाले स्थानीयहरु उत्साहित देखिएका छन् ।

खेलमैदान रहेको सिद्धिचरण नगरपालिकाका तथा जनप्रतिनिधि, व्यवसायीहरुले खेलाडी र अफिसियललाई हौशला प्रदान गर्न बजार क्षेत्रभरि स्वागत ब्यानर टाँगेका छन् ।

असार ४ गतेदेखि हुने प्रतियोगिताका लागि मैदान सम्याउने कामसमेत सकिएको छ । तर, वर्षाका कारण मैदान भिजेकाले खेलाडीलाई असहज भने हुनसक्ने सदस्य सचिव वाग्लेले बताए ।

प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहनेछ । ताप्लेजुङ भने पहिरोका कारण सडक अवरुद्ध भएपछि आउन सक्ने सम्भावना छैन ।

जिल्लाको सदरमुकामस्थित सिद्धिचरण नगरपालिकामा रहेको खेलमैदानमा प्रतियोगिता हुने वाग्लेले बताए ।

प्रतियोगितामा खेलाडी, अफिसियल तथा निर्णायक गरेर ३०० जना ओखलढुंगा पुग्ने बोर्डले जनाएको छ ।

प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ विनियोजन गरेको भए पनि अपुग हुने सदस्य सचिव वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer