![](https://jhapatoday.com/wp-content/uploads/2023/06/pancha.jpg)
मेचीनगर, असार १४ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ मा रहेको पाँचपोखरी सामुदायिक वनक्षेत्रमा बृक्षारोपण गरेको छ ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/04/birta-city-1024x709.jpg)
बृक्षारोपण दिवसको अवसरमा आज विभिन्न जातका ३०० विरुवा रोपिएको र सो क्षेत्रमा करिब आठ हजार बिरुवा रोपिने रेन्जर डिल्लीराज खरेलले जानकारी दिए ।
बृक्षारोपण दिवसको अवसर पारेर कार्यालयले सामुदायिक वनक्षेत्रको पाँच हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोप्ने योजना रहेको कार्यालयले जनाएको छ ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/04/image-10.png)
‘सन्ततिका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ ‘, भन्ने नाराका साथ आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा अरिदमन गण चारआली, इलाका प्रहरी कार्यालय बुधबारे, सामुदायिक वन उपभोक्त महासंघ लगायत स्थानीय उपभोक्ताको सहभागिता रहेको थियो ।