२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेल डेभलपमेन्ट बैंक १९ औँ वर्षमा, इडिबिएल ग्रिन लोनको सुरुवात


बिर्तामोड, साउन ६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८ औँ वार्षिकोत्सवको अवसर पारेर वातावरणीय स्वच्छताका लागि विद्युतीय सवारी साधनहरुको प्रबर्द्धन गर्नको लागि ‘इडिबिएल ग्रिन लोन’ को सुरुवात गरेको छ ।

वातावरणीय स्वच्छताका लागि प्रभावकारी हुने कृषि उत्पादन, वातावरणमैत्री उद्योगलगायतको प्रबर्द्धन गर्न बैंक आज सम्पन्न वार्षिकोत्सव कार्यक्रममा ‘हरित ऋण’ को सुरुवात गरेको हो । बैंकका अनुसार यसको ब्याजदर आधारदरमा एक प्रतिशत थप प्रिमियम दरमात्र थप हुनेगरी लागु गरिएको छ ।

यसैबीच, नेपालको पहिलो प्रादेशिक बैंक एक्सेल वित्तीय कारोबार सञ्चालन सुरुवात गरेको १८ वर्ष पूरा गरी १९ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा हिजो रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रमबाट ५३ पिन्ट रगत संकलन भएको थियो ।

त्यस्तै, आज बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोडा विभिन्न वित्तीय चेतनामुलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रादेशिक विकास बैंकको रुपमा रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा आफ्ना शाखा कार्यालयमार्फत ग्राहकहरु समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

उदयपुरको रामपुरमा केही दिनभित्रमा नयाँ शाखा सञ्चालनमा आउने जनाइएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।

बैंकका सञ्चालक अमितकुमार अग्रवालको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका पूर्वअध्यक्ष हेमराज ढकाल र पूर्वप्रबन्ध सञ्चालक खगेन्द्रनाथ ढुंगानालाई सम्मान गरिएको थियो ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले स्वागत मन्तव्यसहित बैंकका वर्तमान गतिविधिको बारेमा प्रकाश पारेका थिए ।

बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाईं, बैंकका संस्थापक शेयरधनी डा. रुपक खनाल, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष रामचन्द्र उप्रेती, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मित्तल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य उमेश डालमिया, पूर्वप्रबन्ध सञ्चालक खगेन्द्रनाथ ढुंगाना, पूर्वअध्यक्ष हेमराज ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer