२०८२ जेठ ११ आइतबार
Jhapa Today
Adv top

खबरमञ्च साप्ताहिक आठौँ वर्षमा


मेचीनगर, साउन ११ । मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीबार प्रकाशित हुने खबरमञ्च साप्ताहिकले सफलताको सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको हो ।

२०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाणपत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो ।
खबरमञ्च साप्ताहिकले सहरी क्षेत्रभन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई विशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिरहेको छ ।

छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुवै संस्करणलाई निरन्तरता दिइरहेको छ । खासगरी स्थानीय विषयवस्तु र समेट्नैपर्ने समाचारका विषयवस्तुलाई प्राथमिकतामा राखेर साप्ताहिकको अनलाइन संस्करण आम पाठकहरुले पढ्न पाइरहेका छन् ।

पत्रिकालाई यो अवस्थासम्म ल्याई पु¥याउन अमूल्य सल्लाह, सुझाव र साथ दिनु हुनै सबै पाठक वर्गमा पत्रिकाका प्रकाशक सम्पादक प्रकाश पौडेलले आभार प्रकट गरेका छन् ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल