२०८१ पुष ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

दमकका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक, कारबाही गर्ने नगरको भनाइ


दमक, साउन १४ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ ।

नगरपालिकाले एक विज्ञप्ति निकालेर यस विषयमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पत्रचार गर्ने जनाएको छ ।

यसैबीच, निरौलालाई कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश तथा हाजिरमा रोक लगाउँदै कारबाहीको माग गरेका छन् ।

१५ जना कार्यपालिका सदस्यहरुले कारबाहीको माग गरेका हुन् । उक्त घटनाले आम नागरिकको ध्यानाकर्षण भएको बताउँदै कार्यपालिका सदस्यहरुले तत्काल बैठक बोलाउन माग गर्दा नगरप्रमुख राम थापाले बेवास्ता गरेको उनीहरुको आरोप छ ।

नगरप्रमुख थापा घटना ढाकछोपमा लागेको उनीहरुको आरोप छ । अनैतिक भिडियोले नगरपालिकाको प्रतिष्ठामा असर गरेको भन्दै सदस्यहरुले कार्यपालिका बैठक राखेर साझा धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer