२०८१ कार्तिक २० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कमल गाउँपालिकाका कृषकलाई निःशुल्क अर्ग्यानिक मल


बिर्तामोड, साउन १६ । रासायनिक मलको न्यूनीकरणका लागि झापाको कमल गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा अर्ग्यानिक ‘कमल झोल’ वितरण सुरु गरेको छ ।

सख्खर र ‘वेस्ट डि कम्पोजर’ मिसाएर तयार गरिएको कमल झोल मलको ब्रान्डिङ समेत गरेर पालिकाले कृषकलाई आवश्यकता अनुसार वितरण सुरु गरेका हो । यसअघि पालिकाले कमल युरिया, कमल प्राङ्गारिक, कमल जिबा मृतलगायत सात प्रकारका मल बनाएर कृषकलाई निःशुल्क वितरण गरेको थियो ।

कमल गाउँपालिकाका कृषि शाखा प्राविधिक प्रेम पोखरेलका अनुसार पालिकाको कार्यालय परिसर र वडा नम्बर ६ को वडा कार्यालयको परिसरबाट कमल झोल वितरण भइरहेको छ । ७ वटै वडाका कृषकले कमल झोल सहज रुपमा पाउने गाउँपालिकाले जनाएको छ ।

झोलमल स्थानीयस्तरमा उपलब्ध हुने गोबर, पिसाब र वनस्पतिहरूको प्रयोग गरी सहजै रुपमा बनाउन सकिन्छ । झोलमलमा प्रयोग भएका सामग्रीमा बिरुवाका लागि आवश्यक युरिया, क्रेटानाइन, फिनोल, कार्बोलिक एसिड, एमिनो एसिड, जिबेरेलिन, क्याल्सियम, म्याग्निज जस्ता पोषक तत्त्व पाइने भएकाले अर्ग्यानिक खेतीका लागि यो प्रभावकारी हुने कृषि प्राविधिकहरूको भनाइ छ ।

पालिकाले माटो सुधारका लागि निःशुल्क रुपमा माटो परीक्षण गर्न ल्याब पनि स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer