२०८२ कात्तिक २१ शुक्रबार
Jhapa Today
Adv top

दमकको प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज, डमरु अतिरिक्त समूहमा


बिर्तामोड, साउन २४ । झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा बेलबारी नगरपालिकाबाट गणेशराज कार्की आउने भएका छन् ।

अश्लील हर्कत गरेपछि सामान्य प्रशासन मन्त्रालय तानिएका दमकका तत्कालीन अधिकृत डमरुप्रसाद निरौलाको अतिरिक्त समूहमा सुरुवा भएको छ ।

बेलबारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका कार्की साउन २९ गते सोमबार दमक नगरपालिकामा हाजिर हुनेछन् ।

झापा गाउँपालिकामा समेत काम गरिसकेका कार्की स्थानीय तहका कुशल प्रशासकका रुपमा चिनिन्छन् । कार्कीले दमकको समग्र विकास र सुशासन कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

Adv footer