२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेची चेम्बर अफ कमर्सको आयोजनामा आँखा शिविर


मेचीनगर, भदौ ३ । मेची चेम्बर अफ कमर्सको आयोजनामा झापाको मेचीनगरस्थित धुलाबारीमा आँखा शिविर सम्पन्न भएको छ ।

आँखा शिविरमा ९० जनाले आँखाको निःशुल्क परीक्षण गरेका थिए । संस्थाले व्यवसायसँगै सामाजिक कामलाई निरन्तरता दिने उद्देश्यले शिविर सञ्चालन गरेको हो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष विवेक पुरीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि मेचीनगर १० का वडा सदस्य सोमनाथ ओझाको प्रमुख आतिथ्यतामा भएको थियो ।

महासचिव प्रकाश खड्काले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उद्योग उपाध्यक्ष कृष्णकुमार पनेरुले राखेका थिए ।

रजक आइ केयर एन्ड चश्मा घरको प्राविधिक सहयोग गरेको आँखा शिविरको मेडिकल पार्टनर हरि हलेसी मेडिकल हल रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer