२०८१ पुष १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मदिरा पिएका युवाको नहरमा डुबेर मृत्यु


बिर्तामोड,भदौ १३ । झापाको शिवसताक्षीमा मदिरा सेवन गरी बसेका एक युवाको कनकाई सिँचाई आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी १० का ३८ वर्षीय विष्णुप्रसाद चिमरिया रहेको प्रहरीले जनाएको छन् ।

चिमरिया डिलबाट नहरमा झरेको उनीसगैँ रहेका स्थानीय ४० वर्षीय अर्जुन मगरले प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ अस्थायी प्रहरी चौकी माईधारको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी र स्थानीयले नहर बन्द गरी हिजो रातभरी खोजी गर्दा पनि नभेटिए पनि आज बिहान ७ः२० बजे चिमरियाको शव भेटीएको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोली र स्थानीयहरुको सहयोगमा घटनास्थलबाट अन्दाजी ७ किलोमिटर दक्षिण नहरभित्र घोप्टो परी ढुङ्गामा अड्केको अवस्थामा शव भेटीएको हो ।

शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको र मगरलाई झिलझिलेलेप्रहरी नियन्त्रणमा लिएको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer