बिर्तामोड भदौ १४ । झापाबाट तीर्थयात्राका लागि भारत गएकी एक महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा–९की ५५ वर्षीया शारदा कार्की रहेकी छन् । । उनका श्रीमान् जगतबहादुर कार्की र बिर्तामोका बैजु महत्तो घाइते भएका छन् ।
मंगलबार राति भारतको भागलपुर रजौन थाना क्षेत्रको केशवबाटिका विवाह भवन बनगाउँ नजिकै तीर्थयात्रीहरू चढेको अटोलाई कारले ठक्कर दिएको थियो । अटोमा १२ जना सवार रहेका थिए । दुर्घटनामा दुईजना महिला तीर्थयात्रीको मृत्यु भएको छ भने तीन महिलासहित ६ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसमध्ये एक जना मृतक र दुईजना घाइते नेपालबाट गएका झापाका हुन् । झापाका मृतक र घाइतेहरूलाई आज नेपाल ल्याउन लागेको आफन्त मिकी कार्कीले जनकारी दिए ।