२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइ हट्ने पक्का, कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने


बिर्तामोड, भदौ २६ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) हटाउने सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।मन्त्रालयका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ ।

सरकारले यसअघि तयार गरेको विद्यालय शिक्षा विधेयकमा एसइइ खारेज गर्ने प्रस्ताव गरिएको थियो । विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई र माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा १२) को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने तर एसइई खारेज गर्ने प्रस्ताव गरिएको थियो ।

कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिनेगरी प्रस्ताव गरिएको थियो । नेपालमा १९९० सालदेखि एसएलसी परीक्षा सुरु भएको हो र २०७३ सालबाट यसको नामकरण एसइइ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer