![](https://jhapatoday.com/wp-content/uploads/2023/09/nsjfjhapa1-1024x613.jpg)
![](https://jhapatoday.com/wp-content/uploads/2023/08/manakamanaice.jpg)
दमक, भदौ २७ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/08/image-10-1024x1024.png)
मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च झापाका पत्रकारबीच फुटसल खेल आयोजना गरेको हो । खेलमा कदम थिएटर १०–५ गोल अन्तरले विजयी भयो ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/09/image-2.png)
मैत्रीपूर्ण खेलमा प्रमुख अतिथि दमकका समाजसेवी प्रविण चाम्लिङ थिए । उनले खेलले मस्तिष्कलाई स्वस्थ बनाउने बताए । उनले कलाकारिता र पत्रकारितामा सिर्जनशील आवश्यकता रहेकाले खेल अनिवार्यजस्तौ रहेको पनि बताए ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/09/image-5.png)
मञ्च र २८ औँ स्थापना दिवसका बारेमा सचिव चिरञ्जीवी घिमिरेले जानकारी गराएका थिए । कार्यक्रममा मञ्च झापाका संस्थापक उत्तम रिजाल, कदम थिएटरका कला निर्देशक सिजन दाहाल, कदम थिएटरका व्यवस्थापक सन्तोष दुलालको सहभागिता रहेको थियो ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/09/image-1.png)
कदम थिएटरले दमकमा नियमित नाटक मञ्चन गर्दै आएको छ । उसले नाटक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चनको तयारी गरिरहेको छ ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/09/dhulabari-campus-1024x512.jpeg)
![](https://jhapatoday.com/wp-content/uploads/2023/09/image-3.png)
![](https://jhapatoday.com/wp-content/uploads/2023/08/manakamana-1024x597.jpg)