
बिर्तामोड, मंसिर २१ । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज साँझ झापामा हल्का वर्षा भएको छ ।
झापाका अधिकांश ठाउँमा अहिले छिटफुट पानी परिरहेको छ । पानी परेसँगै मौसम चिसिएको छ । मौसम धुम्म पनि भएको छ ।
आज दिउँसो झापाका केही ठाउँमा घाम लागे पनि फेरि बादल लागेको थियो । आज रातिदेखि भने मौसममा क्रमिक सुधार आउने सम्भावना छ । आजभन्दा भोलिको मौसम खुल्ने मौसमविद्को भनाइ छ ।
मौसममा आएको परिवर्तनले तराईमा चिसो पनि बढेको छ । तराई भूभागमा आंशिकदेखि सामान्य बदली रहेको तथा थोरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।