२०८१ माघ १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

यी हुन् मोटोपना बढाउने खानेकुरा


 बिर्तामोड, मंसिर २७ । मोटोपना अहिले निकै गम्भीर समस्या बनेको छ । असन्तुलित जीवनशैली अनि खानपानका कारण तौल बढ्नु नौलो कुरा होइन । यसमाथि मधुमेह र उच्च रक्तचाप जस्ता रोगले पनि मोटोपना बढाउँछ । 

खानपिनमा अङ्कुश नलगाउने अनि आहार व्यवहारसम्बन्धी नियम नमान्ने गर्दा पछिल्लो समय धेरैको तौल बढिरहेको हो । उच्च क्यालोरी भएको खाना खाने तर व्यायाम गर्न अल्छी गर्दा पनि मोटोपनाको शिकार भइन्छ । 

स्वास्थ्य विज्ञहरूका अनुसार केही वस्तु लगातार खाइरहँदा पनि मोटोपना बढ्न थाल्छ । आज हामी आवश्यकताभन्दा धेरै खाँदा खाँदा मोटोपना बढाउने पेय पदार्थ र खानेकुराबारे कुराकानी गर्नेछौँ ।

  • प्याकेटमा आउने स्न्याक्सः

चिप्स, क्रेकर र कुकीजलगायत प्याकेटमा आउने खानेकुरामा प्रशोधित कार्बोहाइड्रेट्स, अस्वस्थ फ्याट र एडेड सुगरको प्रयोग गरिएको हुन्छ । यी खानेकुरामा क्यालोरी निकै धेरै मात्रामा हुन्छ । यसलाई लगातार खाँदा बिस्तारै तौल बढ्न थाल्छ ।

  • पेय पदार्थः

सोडा, एनर्जी ड्रिङ्क र बजारमा पाइने केही फ्रुट जुसमा चिनी र क्यालोरीको मात्रा निकै धेरै हुन्छ । पोसिलो र शरीरलाई चाहिने विभिन्न तत्त्वहरूले भरपुर भनेर विज्ञापन गरिने यी पेयमा पोषक तत्त्व मरिसकेका हुन्छन् । यी पेय पदार्थ सेवन गर्दा तपाईं बिस्तारै मोटाउन थाल्नु हुन्छ । त्यसैले यी पेय पदार्थबाट सकेसम्म टाढै रहनु होला ।

  • तारेको खानेकुरा:

तेलमा तारेको खानेकुरा, फास्ट फूड अनि चिल्लो स्न्याक्समा अस्वस्थ फ्याट र क्यालोरीको मात्रा धेरै हुन्छ । यस्ता खानेकुरा लगातार खाँदा छिटो छिटो तौल बढ्न थाल्छ ।

  • प्रशोधित अनि गुलिया चिज:

धेरैजसो मानिसहरूलाई प्रशोधित अनि गुलियो खानेकुरा निकै मन पर्छ । यी सबै वस्तुमा एडेड सुगर, सोडियम र प्रिजर्भेटिभ्स र क्यालोरी निकै धेरै मात्रामा पाइन्छ । यस्ता खानेकुरा देखेर मन थाम्नै सक्दैनन् । तर यस्ता खानेकुरा लगातार खाइरहँदा मोटोपना बढ्छ ।

  • कफीको सेवन: 

धेरैजसो कफी ड्रिङ्क्समा चिनी, क्रिम र हाई फ्याट मिल्क मिसाइएको हुन्छ । जसका कारण कफीको क्यालोरीको मात्रा ह्वात्तै बढ्छ । यी ड्रिङ्क्सको सेवनका कारण पनि तौल छिटो छिटो बढ्न थाल्छ ।

Comments are closed

Adv footer