२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गुप्ताले अझै बुझाएनन् लक्ष्मी माविको २८ लाख ६९ हजार


बिर्तामोड, पुस ९ । आर्थिक अनियमिततामा विवादमा पर्दै आएका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले यसअघि काम गरेको विद्यालयको हरहिसाब अझै नबुझाएको पाइएको छ ।

हाल झापा गाउँपालिकास्थित डिल्लीराज माविमा कार्यरत उनले अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको हिसाब नबुझाई सरुवा मिलाएर डिल्लीराज मावि गएका थिए ।

२०७६ साल साउनमा लक्ष्मी मावि छोडेर डिल्लीराजमा सरुवा भएका गुप्ताले लक्ष्मी माविमा आउने नयाँ प्रधानाध्यापक निर्मला पोखरेललाई विद्यालयको हरहिसाव बुरबझारथ नगरी गएका हुन् । पोखरेलले तत्कालीन प्रधानाध्यापक गुप्ताले हिसाब नबुझाएको स्वीकार गरिन् ।

आर्थिक वर्ष २०७५–०७६ को लेखापरीक्षण प्रतिवेदनमा तत्कालीन प्रधानाध्यापक गुप्ताको नाममा २८ लाख ६९ हजार १०६ रुपैयाँ ९६ पैसा बेरुजु देखिएको थियो । पोखरेलले आर्थिक वर्ष ०७८–७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार हालसम्म गुप्ताबाट सो रकम असुलउपर नभएको जानकारी दिइन् ।

लेखापरीक्षणपछि आफ्नो नाममा आउने रकम बुझाउने भनेका गुप्ताले त्यसपछि विभिन्न बहानाबाजी गर्दै विद्यालयलाई रकम बुझाउन अटेर गरेका छन् । विद्यालयले सो रकम बुझाउन भन्दै पटकपटक चिठी बुझाइएको थियो ।

समुदायले नै गुप्तालाई लक्ष्मी माविबाट विदा गर्नुपर्ने, हरहिसाब सार्वजनिक गर्नुपर्ने माग गरेपछि त्यसबेला उनी सरुवा मिलाएर डिल्लीराज पुगेका थिए । अहिले डिल्लीराजमा पनि अपारदर्शी ढंगबाट विद्यालय सञ्चालन गरेको आरोपमा अख्तिायरमा उजुरी परेको छ ।

अख्तियारले गाउँपालिकालाई अध्ययन गरेर प्रतिवेदन पठाउन पत्रिपत्र गरेको छ । परिपत्र अनुसार गाउँपालिकाले विद्यालयको अध्ययन गरिरहेको छ ।

अर्जुनधारा–६ का वडा अध्यक्ष हरिश बाँस्तोलाले लक्ष्मी माविका पूर्वप्रधानाध्यापकले बुझाउनुपर्ने रकम बुझाउनैपर्ने बताए । रकम बुझाउन कुनै बहानाबाजी नगर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer