२०८२ असार १ आइतबार
Jhapa Today
Adv top

बिर्तामोडमा अत्याधुनिक प्रविधिको स्पाइन तथा ट्रमा सेन्टर सञ्चालनमा आउँदै


बिर्तामोड, पुस ९ । झापाको बिर्तामोडमा अत्याधुनिक प्रविधिसहितको स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर सञ्चालनमा आउने भएको छ ।

नेपालमै पहिलोपटक स्पाइन हस्पिटलको १५ बेडको हुनेछ । हस्पिटललाई विस्तार गर्दै १०० बेडको बनाइने हस्पिटलका अध्यक्ष वरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डक्टर प्रेमबहादुर शाहीले जानकारी दिए ।

बिर्तामोड–३ भगवानचोकमा करिब ३० करोड रुपैयाँको लगानीमा हस्पिटलको सञ्चालनको तयारी गरिएको हो ।

हस्पिटलमा अत्याधुनिक प्रविधिबाट स्पाइनसम्बन्धी सम्पूर्ण उपचार, (सानो घाउ पारेर), हाडजोर्नी सम्बन्धी शल्यक्रियासहित उपचार, (जोर्नी प्रत्यारोपण, दूरबिनबाट गरिने उपचार), अत्याधुनिक प्रविधिसहितको इन्डोभास्कुलर न्युरो सर्जनद्वारा उपचार, सर्जरीतर्फ जिआइ सर्जन (एमसिएच) बाट सेवा, गाइनोतर्फ बाँझोपनसम्बन्धी विशिष्टकृत डक्टहरुद्वारा शल्यक्रियासहितको सेवा, अत्याधुनिक प्रविधिको रेडियोलोजिस्ट सेवा, अत्याधुनिक प्रविधिको भिडियो एकस रे, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रविधिको आइसियु, एनआइसियु, नर्सरी, एचडियु सेवा प्रदान गरिने डक्टर शाहीले बताए ।

त्यस्तै, हस्पिटलमा सबै विभागको विशिष्टीकृत डाक्टहरुद्वारा ओपिडी सेवा, हरेक विभागको क्याबिनसहितको सेवा, अत्याधुनिक प्रविधि र उपकरणसहितको शल्यक्रिया कक्ष, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवालगायतका सम्पूर्ण सेवा उपलव्ध रहेको उनले जानकारी दिए ।

त्यस्तै अर्थो, न्युरो, स्पाइन, वर्न र प्लास्टिक सर्जरीसम्बन्धी उपचार सेवा प्रवाह गर्न बहुविभागीय विशिष्टीकृत सेवासहितको ट्रमा सेन्टरसमेत सञ्चालन गरिने र उक्त ट्रमा सेन्टर कोशी प्रदेशको निजी क्षेत्रको पहिलो ट्रमा सेन्टर रहेको उनले बताए ।

नेपालको पहिलो स्पाइन हस्पिटल, झापामै पहिलो हरेक विभागमा विशिष्टीकृत डक्टरहरुको सेवा प्रदान गरिने हस्पिटल यही पुस १६ (जनवरी १) बाट पूर्णरुपमा सञ्चालनमा आउँदैछ ।

Adv footer