२०८२ बैशाख १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

हात्तीले आक्रमण गर्दा शिवसताक्षीका राईको मृत्यु


बिर्तामोड, पुस १३ । झापाको शिवसताक्षीमा जंगली हात्तीले आक्रमण गर्दा मेघराज राईको मृत्यु भएको छ ।

घरमै सुतिरहेका झापा शिवसताक्षी ११ सिर्जना टोलका ४६ वर्षीय राईलाई राति १ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।

राईको घरको टाटी भत्काएर हात्तीले अन्न लिएर जाने क्रममा उनलाई समेत आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीले धमाधम घर भत्काउन थालेपछि परिवारका अन्य सदस्यको उद्दार गर्नेक्रममा राईको हात्तीसँग जम्काभेट हुँदा हात्तीले कुल्चिएर राईको मृत्यु भएको हो ।

हात्तीेले राईको घरमा भएको अन्न खानुको साथै राईको घरको समेत घेराबेरा भत्काइदिएको छ । राईको शवलाई पोस्ट मार्टमका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer