२०८२ जेठ ४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारा जेसिजको अध्यक्षमा वसन्त


बिर्तामोड, पुस १५ । अर्जुनधारा जेसिज वर्ष २०२४ को अध्यक्षमा वसन्त बुढाथोकी निर्वाचित भएका छन् । अर्जुनधारा जेसीजको १२ औँ साधारणसभाबाट वर्ष २०२४ का लागि अध्यक्ष पदमा बुढाथोकी निर्वाचित भएका हुन् ।

संस्थाको कार्यकारिणी उपाध्यक्षमा वेदनारायण गोदार र भवानी बराल, कानुनी सल्लाहकारमा बालगोपाल गौतम, महासचिवमा मनोज सिटौला र कोषाध्यक्ष विमला भट्टराई निर्वाचित भएको अर्जुनधारा जेसीज वर्ष २०२० का अध्यक्ष भाष्कर भट्टराईले जानकारी दिए ।

त्यस्तै, वर्ष २०२४ का लागि उपाध्यक्षमा टंकप्रसाद दहाल, भीम बराल, सागर घिमिरे र सुरेन राई निर्वाचित भएका छन् ।

Adv footer