
दमक, पुस १९ । झापाको कमल–२ का एकजना कृषकको बारीमा अहिलेसम्मकै ठुलो सिमल तरुल फलेको दाबी गरिएको छ ।
कमल–२ समयगढ का कृषक कर्णबहादुर गुरुङको बारीमा फलेको सिमल तरुलको तौल १६ किलो ५०० ग्राम र लम्बाइ साढे आठ फुट रहेको स्थानीय रामहरि घिमिरेले जानकारी दिए ।
गुरुङको बारीमामा अहिलेसम्मकै ठुलो सिमल तरुल फलेको जानकारी प्राप्त भएपछि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गुरुङको घरमै पुगेर प्रोत्साहन बापत २ हजार ५०० रुपैयाँ नगद प्रदान गरेका थिए ।