
बिर्तामोड, माघ ५ । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उपचारका लागि भनेर दुवैजनालाई बिएन्डसी अस्पताल बिर्तामोडतर्फ ल्याएको छ ।

आज अपराह्न कमलको पाडाजुँगीमा भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकललाई मारुती भ्यानले ठक्कर दिँदा दुर्घटना भएको स्थानीय शिक्षक देवराज बस्नेतले जानकारी दिए ।
घटनाको विस्तृत आउन बाँकी छ ।
