
दमक, माघ ८ । झापाको दमकमा सडक दुर्घटना हुँदा एकजना भारतीय नागरिक घाइते भएका छन् ।
आज साँझ ६ बजे दमकचोक गोर्खा डिपार्टमेन्ट स्टोरअगाडि एसके ०८ पि १८८८ नम्बरको भारतीय कारको टायर पड्किँदा कारमा रहेका मिलनकुमार राई घाइते भएका हुन् ।
उर्लाबारीतर्फ जाँदै गरेको कारको टायर पड्किएर डिभाइडरमा ठोक्किँदा भारत सिक्किम सिम्ताम बस्ने ६५ वर्षीय राईको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
राईलाई उपचारका लागि दमकको नमस्ते अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार चालक सक्किम सिम्तामका ६५ वर्षीय लक्ष्मण राई सकुशल रहेको र उनी घाइतेको उपचारमा संलग्न रहेका छन् ।