बिर्तामोड, फागुन ८ । झापाको बाह्रदशीमा घुर(आगो) ताप्नेक्रममा जलेर घाइते भएकी एक महिलाको उपचारकाक्रममा आज मृत्यु भएको छ ।
बाह्रदशी ५ की ५६ वर्षीया कमला राजवंशी गत माघ २८ गते आगो ताप्नेक्रममा जलेर घाइते भएकी थिइन् ।कम्मरमुनिको भाग जलेर घाइते भएकी कमलालाई उपचारका लागि बिर्तामोडको संजिवनी हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज दिउँसो उनको मृत्यु भएको बाह्रदशी ५ का वडाध्यक्ष वीरबहादुर राजवंशीले बताए ।
उनले विपन्न अवस्थाकी ती महिलालाई आर्थिक सहयोग गरेर अस्पतालमा उपचार गरिए पनि बचाउन नसकिएको जानकारी दिए । सामान्य व्यापार गर्दै आएकी ती महिला एक्लै बस्दै आएकी थिइन् ।