२०८२ असार २ सोमबार
Jhapa Today
Adv top

यसकारण चिया स्वास्थको लागि हानिकारक छ


बिर्तामोड, फागुन २४ ।अधिकांशको घरमा बिहानको पेय पदार्थ नै चिया हुने गरेको छ । बिहान मात्रै होइन, कतिपयले दिनमा पनि चिया पिउने गर्छन् । दिनभर ५–७ पटकसम्म नै चिया पिउने पनि केही छन् ।

फिटनेस प्रेमीहरूले अक्सर चिया पिउन अस्वीकार गर्छन् । विशेषगरी वजन घटाउन चाहनेहरूलाई चिया नपिउन सुझाव दिएको पाइन्छ । तर प्रश्न उठ्छ के चिया पिउँदा साँच्चै तौल बढ्छ ?

ओन्ली माई हेल्थमा प्रकाशित समाचारका अनुसार पोषणविद्, आहारविद् तथा प्रमाणित मधुमेह शिक्षाविद् गरिमा गोयलले यसबारे केही चर्चा गरेका छन् ।

चिया पिउँदा तौल बढ्छ ?

विशेषगरी धेरैले दुध हालेको चिया पिउने गर्दछन् । दुधको चिया पिउँदा तौल बढ्ने विज्ञ गोयलको भनाइ छ । रिफाइन्ड चिनीमा क्यालोरीको मात्रा धेरै हुन्छ। अहिले बजारमा धेरै किसिमका दुध पाइन्छन् । जस्तै– कम चिल्लो भएको, टोन्ड मिल्क, पाश्चराइज्ड दूध आदि।

आजकल, हामीले प्रयोग गर्ने दूधमा न्यून मात्रामा पोषक तत्व हुन्छ तर, जहाँ चिल्लोको मात्रा धेरै हुन्छ। हाई फ्याट भएको दूध खायौं भने शरीरमा बोसो र तौल दुवै बढ्छ । यदि मानिसले दैनिक २–३ कप चिया पिउने हो भने उसको तौल बढ्छ ।

चिया पिउनु हुन्न ?

चिया पिउनु नै समस्या होइन तर, सिमित मात्रामा पिउनुपर्छ । यसले वजनमा धेरै खतरनाक प्रभाव पार्न सक्छ । सधैं स्वस्थ शरीरको वजन कायम राख्न सकेसम्म चिया नपिउनु नै फाइदाजनक छ । एजेन्सीबाट

Adv footer