२०८१ मंसिर १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सिलिगुडीमा रेल दुर्घटना हुँदा भद्रपुरका शर्माको मृत्यु


बिर्तामोड, चैत २ । भारतको सिलिगुडीमा रेल दुर्घटनामा एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ ।

शर्मा भद्रपुरस्थित लक्ष्मी नारायण मन्दिरका पुजारी थिए । उनी गत बुधबार काम विशेषले सिलिगुडी गएका थिए ।

घर फर्किनका लागि उनी दिउँसो सवा २ बजे सिलिगुडी जंक्सन पुगेका थिए । जंक्सन पुग्दा कटिहार–सिलिगुडी इन्टरसिटी एक्सप्रेस ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेका थिए ।

उनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर दुर्घटनामा परेका थिए । रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए ।

उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर ल्याउने र मेची नदीमा दाहसंस्कार गरिने भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer