२०८१ कार्तिक १७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

टिमाई खानेपानीलाई १८ करोड र काँकरभिट्टालाई १४ करोड बजेट


बिर्तामोड, चैत २ । काँकरभिट्टा खानेपानी आयोजना र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजना विस्तारका लागि ३२ करोड रुपैयाँ बजेट आउने निश्चित भएको छ ।

झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको सचिवालयले आज जारी गरेको प्रेस नोटका अनुसार टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि १७ करोड ८९ लाख रुपैयाँ र काँकरभिट्टा खानेपानी आयोजनाका लागि १३ करोड ९७ लाख रुपैयाँ बजेट अर्थमन्त्रालयले पक्का गरेको हो ।

दुवै खानेपानी परियोजनाको ठेक्का प्रक्रिया यही आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्ममा भइसक्ने र तीन वर्षभित्रमा काम सम्पन्न हुने शर्माको सचिवालयले जनाएको छ ।

यही फागुन २१ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट ती दुवै योजनाका लागि अर्थमन्त्रीले बजेट सुनिश्चित सहमति प्रदान गरेका हुन् ।

बहुवर्षीय आयोजना भएकाले यस वर्ष सुरु भएर तीन वर्षभित्रमा कार्य सम्पन्न हुनेगरी बजेट विनियोजन हुने छ । सांसद् शर्माले धुलाबारी, बाहुनडाँगी, ज्यामिरगढी र चन्द्रगढी लगायतका खानेपानी योजनामा बजेट उपलब्ध गराउन पहल गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer