दमक, चैत १८ । झापाको शिवसताक्षीमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ ।
हिजो बिहान ११ बजे शौचालय गएका शिवसताक्षी ८ का ५७ वर्षीय सूर्यप्रकाश प्रसाईं शौचालयभित्र लडेका थिए ।
घाइते प्रसाईंलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोडमा भर्ना गरिएकोमा उपचारका क्रममा आज दिउँसो १ः२५ बजे मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।